default_image

7 years ago

February 14, 2018

सन्दिप मैदानमा फर्के

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अहिले नेपाल क्यानाडासँग भिड्दै छ ।

क्यानाडाले राम्रो सुरुवात गरे पनि नेपालका स्पिनरहरुले क्यानाडालाई केहि हदसम्म रोक्न सफल भएका छन् । सन्दिपले ५ ओभर बलिङ ७ रन दिँदै २ विकेट लिएका छन् ।

तर आफ्नो पाँचौं ओभर तथा खेलको २० औ ओभर बलिङ गर्नासाथ मैदानबाट बाहिरिएका सन्दिप फेरि मैदान प्रवेश गरेका छन् । घुंडामा चोटका कारण उनी ६ ओभर बाहिर बसेका थिए ।

प्रतियोगितामा राम्रो लयमा रहेका कप्तान नितिस कुमार र रुभिन्दु गुनसेकेरा आज सस्तैम पभेलियन फर्के । क्यानाडाको ३१ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०६ रन रहेको छ । क्रिजमा ओपनर श्रीमन्थ विजेरत्ने ७३ रनमा तथा हम्जा तारिक ४ रनमा ब्याटिङ गर्दै छन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.