7 years ago
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अहिले नेपाल क्यानाडासँग भिड्दै छ ।
क्यानाडाले राम्रो सुरुवात गरे पनि नेपालका स्पिनरहरुले क्यानाडालाई केहि हदसम्म रोक्न सफल भएका छन् । सन्दिपले ५ ओभर बलिङ ७ रन दिँदै २ विकेट लिएका छन् ।
तर आफ्नो पाँचौं ओभर बलिङ गर्नासाथ उनी मैदानबाट बाहिरिएका छन् । उनको ह्यामस्ट्रिङमा समस्या भएको अनुमान गरिएको छ । उनी आफ्नो स्पेल पुरा गर्न फर्किने वा नफर्किने निश्चित छैन ।
क्यानाडाको २३ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ७८ रन रहेको छ । क्रिजमा ओपनर श्रीमन्थ विजेरत्ने ५३ रनमा तथा नभ्नीत ढलिवाल शुन्य रनमा ब्याटिङ गर्दै छन् । प्रतियोगितामा राम्रो लयमा रहेका कप्तान नितिस कुमार र रुभिन्दु गुनसेकेरा आज सस्तैम पभेलियन फर्के ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]