7 years ago
February 14, 2018
पोर्ट एलिजाबेथ (एजेन्सी) – दक्षिण अफ्रिका विरुद्धको पाँचौं एक दिवसीय खेलमा भारत ७३ रनले विजयी भएको छ । यस जितसँगै भारतले श्रृंखला पनि आफ्नो नाममा गरेको छ ।
पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ७४ रन जोड्न सफल रह्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय १५ रनको शतकीय पारी खेले । निकै राम्रो लयमा रहेका कप्तान विराट कोहली ३६ रनमा रनआउट भएका थिए ।
जवाफमा दक्षिण अफ्रिका ४२ ओभर २ बलमा २ सय १ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीका लागि ओपनर हासिम अम्लाले सर्वाधिक ७२ रनको योग्दान दिएका थिए । भारतका लागि स्पिनर कुल्दिप यादवले ४ विकेट लिए ।
दक्षिण अफ्रिकाका लागि पहिलो इनिङ्समा लुङिसानी एन्गिडिले पनि ४ विकेट लिएका थिए । तर ब्याट्सम्यानहरु क्रिजमा चल्न नसक्दा टोली हार व्यहोर्न बाध्य भयो । यस हारसँगै दक्षिण अफ्रिकाले श्रृंखला ४-१ ले गुमाएको छ । छैटौं तथा अन्तिम एक दिवसीय शुक्रबार सेन्चुरियनमा खेलिने छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]