7 years ago
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– शान्तिनगर युथ क्लब र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) राजधानीमा जारी खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शान्तिनगरले त्रिभुवन आर्मी क्लबलाई ७ रन र केसीटीसीले वाई वाई जिएचसिएलाई २४ रनले हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा १ सय २९ रनको लक्ष्य पछ्याएको आर्मी ८ विकेट गुमाएर १ सय २१ रनमात्र बनाउन सक्यो । आर्मीका लोकेन्द्र चन्दले २०, भुपेन्द्र थापा, इन्द्रकमल मानन्धर र दिपु कर्णले समान १५ रन जोडे । राजु रिजाल १७ रनमा आउट भए ।
शान्तिनगरका योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४ विकेट लिए । मञ्जित श्रेष्ठले ३ तथा सुनिल धमालाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको शान्तिनगरले ८ विकेटको क्षतिमै १ सय २८ रनको मध्यम योगफल तयार पारेको थियो । ओपनर सुनिल धमलाले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अमित श्रेष्ठले २३ र मञ्जित श्रेष्ठ १३ रनमा आउट भए । आर्मीका अभिनाश बोहराले ४ विकेट लिए । हरि झाले २ तथा राजेश पुलामी र चन्द्र साउदले समान १ विकेट लिए ।
अर्को खलमा केसीटीसीले दिएको १ सय २४ रनको चुनौती पछ्याएको जिएचसिएले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । प्रदिप ऐरीले २३, कमलसिंह ऐरीले २० र अभिषेक बस्नेतले २० रन जोडे । दिनेश बुढामगरले १२ जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । जिएचसिएलाई सस्तैमा समेट्न केसीटीसीका सुमित झाले ३ विकेट लिए । प्रितम थापाले २ तथा दिलिप यादव, अदिल खान र सन्जय यादवले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केसीटीसीले ७ विकेटको क्षतिमा १ सय २३ रन जोडेको थियो । केसीटीसीका लागि ओपनर सुधिर चौधरीले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । दुर्गेश थापाले ३५ रन बनाउदा अदिल खान १४ रनमा आउट भए । जिएचसिएका इशान पाण्डेले ३ र कमलसिंह ऐरीले १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुदैछ । बालुवाटार क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दा रोयल पिसी फाइटरले अन्तर जिल्ला क्रिकेट क्लबसँग खेल्नेछ । दुवै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । सेमिफाइनल र फाइनलका खेल भने कीर्तिपुर क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]