7 years ago
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले हराउन सफल भयो । निर्धारित ५० ओभरमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ७ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्यो ।
नेपालको टप अर्डर आज पनि क्रिजमा जम्न सकेन । डेब्यु गरिरहेका अनिल शाह आफूले खेलेको पहिलो बलमै आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल ९ रन बनाएर पभेलियन फर्के । दिपेन्द्र ऐरी १ रनमा आउट भए भने शरद भेषावकरले १९ रनको योग्दान दिएका थिए ।
कप्तान पारस खड्काले आज पनि आक्रामक इनिङ खेल्दै ४४ बलमा ४२ रन बनाएका थिए । तर रोहित पौडेल र आरिफ शेखले अन्त्यमा समझदारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोर्याए । आरिफले ४२ रन बनाए भने रोहितले ४७ रन बनाए । आरिफ ४९ औं ओभरमा आउट भए भने रोहित अन्तिम ओभरमा आउट भएका थिए ।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रहेको थियो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरे । १० ओभरमा ५ मेडेनका साथ २० रन खर्चिँदै उनले ५ विकेट लिन सफल भएका थिए ।
केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र कप्तान पारस खड्काले एकएक विकेट लिन सफल भए ।
ब्याटिङतर्फ केन्याका ओपनर इर्फान करिमले सर्वाधिक ४२ रन बनाए भने ओबान्डाले ४१ रन जोडेका थिए । त्यसबाहेक मिडल अर्डरका कोलिन्स ओबोयुले २७ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]