7 years ago
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रह्यो ।
नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । १० ओभरमा ५ मेडेनका साथ २० रन खर्चिँदै उनले ५ विकेट लिन सफल भए ।
केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र कप्तान पारस खड्काले एकएक विकेट लिन सफल भए ।
ब्याटिङतर्फ केन्याका ओपनर इर्फान करिमले सर्वाधिक ४२ रन बनाए भने ओबान्डाले ४१ रन जोडेका थिए । त्यसबाहेक मिडल अर्डरका कोलिन्स ओबोयुले २७ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् ।
नेपाल केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ । नेपालको ३ खेलमा एक हार र दुई जितसहित ४ अंक रहेको छ भने दुई खेलमा दुवै हारसहित केन्याले अझै अंकको खाता खोल्न बाकिँ रहेको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]