7 years ago
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आज नेपालका लागि अलराउन्डर अनिल कुमार शाहले डेब्यु गर्दै छन् । टोलीमा उनी ओपनर दिलिप नाथको स्थानमा आएका छन् । खेलअघि कप्तान पारस खड्काले अनिललाई उनको पहिलो क्याप दिए ।
नेपाल दुई जित र एक हारसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यस्तै केन्याले भने पछिल्ला दुवै खेल हारेको थियो भने एक खेल पानी परेर रोकिएको थियो । आज जित हांसिल गरे नेपालको छनोट सम्भावना थप बलियो हुने छ ।
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ । बिहीवारकाे पहिलाे खेलमा विभागीय टोली एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेटले पराजित गरेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । बागमतीले दिएको ४३ […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरि जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]