9 years ago
January 9, 2016
सधै दैनिक सवैरै अभ्यासका लागि धर्मशाला मैदानमा आफ्ना किटब्याग सहित निस्कने नेपाली यु १९ टोलीको विहीवारको दैनिकी भने केही फरक देखियो । उनीहरुसाग विहान साढे ९ बजे होटलबाट निस्कदा उनीहरुसाग न किट ब्याग नै थियो, न उनीहरु मैदानका लागि निस्केका थिए । सवै जना क्यानको ड्रेशमा सजिएका थिए हातमा नोटबुक र डटपेन बोकेर । केहीछिनमा टीमका व्यवस्थापक सुवाश शाहीले टोलीलाई डोर्याउादै हिमाञ्चल प्रदेशको ईण्डोर हल पुर्याएा ।
हलमा खेलाडीहरुलाई प्रबेश गरिसकेपछि केहीछिनमा हलमा प्रोफेसर सचिन कुमार देखा परे । प्रोफेसर सचिन कुमार त्यहाा वरिष्ठ उत्प्रेरकका रुपमा चिनिन्छन । उनलाई विसिसिआईले त्यहााका टीमहरु तथा आवश्यक परेको वेला भारतिय टीमका लागि समेत उत्प्रेरणाका कक्षाहरु आग्रह गर्ने गरेको छ । प्रोफेसर कक्षामा प्रवेश गरेपछि परिचयसागै सुरु भयो कक्षा । कक्षा मुख्यतया खेलमा कसरी मानसिक रुपमा तयार हुने र मानसिक रुपमा आफुलाई कसरी बलियो बनाउाने भन्ने, सकरात्मक सोचको विकास कसरी गर्ने भन्नेमा केऽित थियो । वरिष्ठ उत्प्रेरक प्रोफेसर सचिन कुमारले सकरात्मक सोचाई, सही निर्णय कसरी लिने ? आत्म विश्वास कसरी जगाउाने ? आफ्ना सहकर्मीलाई कुन अवस्थामा कसरी सहयोग पुर्याउने ? दबाब कसरी झेल्ने ? आफ्ना विपक्षीलाई कसरी दबाबमा राख्ने आदि विषयमा प्रशिक्षण गराईरहादा खेलाडीहरु तथा अफिसियलहरु निकै ध्यान पुर्वक कक्षा लिईरहेका थिए । झण्डै २ घण्टा चलेको कक्षामा खेलाडीहरुले आफ्ना जानेका कुराहरु सेयर गरे अनि धेरै कुरामा प्रोफेसर सचिन कुमारको राय सुझाव पनि लिए ।
टेष्ट खेल्ने देशहरुमा यस किसिमको मनोवैज्ञानिक कक्षाहरु अनिवार्यताका रुपमा लिईन्छ । जबसाग खेलाडीहरु मनोवैज्ञानिक रुपमा तयार हुादैनन तबसम्म उनीहरुले आफुमा भएको प्रतिभा पनि देखाउान सक्दैनन भन्ने मान्यता राख्दै ति देशहरुले टोलीका लागि वरिष्ठ मनोवैज्ञानिक नै नियुक्त गरेका हुन्छन । जसको मुख्य काम नै खेलाडीहरुको आत्मबल बढाउानु हुन्छ । पछिल्लो समय भारतिय टीमका निर्देशक रवी शास्त्रीले पनि त्यही भुमिका निर्वाह गर्दै आएका छन ।
नेपालमा भने यस किसिमको सुरुवात भर्खरै हुन थालेको छ । जसले खेलाडीको आत्मवल बढाई राख्न तथा उनीहरुमा दबाव झेल्न सक्ने शक्तिको विकास हुने विश्वास गरिएको छ । त्यसै कुराको झल्को नेपाली युवा खेलाडीमा पनि देखिन्थ्यो । कक्षा समापन पछि सवै खेलाडीहरुमा नयाा उर्जाको सञ्चार भएको थियो ।
कक्षा पछि प्रतिक्रिया दिदै नेपाली टोलीका व्यवस्थापक सुवाश शाहीले मानसिक रुपमा बलियो बनाउान तथा आत्मविश्वास बढाउानका साथै हामी पनि गर्नसक्छौ भन्ने भावनाको विकास गर्न मनोबैज्ञानिक कक्षा सञ्चालन गरेको बताए । ‘हामी नियमित अभ्यास गर्छौ, म्याच पनि खेल्छौ, तर यसका सागसागै मानसिक रुपमा हामी तयार भएनौ भने हामीले गरेको अभ्यासले खासै महत्व राख्दैन’ शाहीले थपे । प्रत्येक खेलाडीले सकरात्मक परिणामको लागि सकरात्मक सोच्नुपनि त्यति कै आवश्यक छ भनि अन्तक्रिर्यात्मक रुपमा कक्षा सञ्चालन भएकाले यसले खेलाडीहरुमा सकरात्मक प्रभाव परेको उनले बताए ।
कप्तान राजु रिजालले प्रशिक्षणपछि आफुहरुले आफुहरुको आन्तरिक शक्ती चिन्न, आत्मवल बढाउान, अनि सकरात्मक सोचका साथ खेल्न उत्प्रेरणा मिलेको प्रतिक्रिया दिएा । नेपाली टोली हाल भारतको धर्मशालामा यु १९ विश्वकपको तयारी गरिरहेको छ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]