default_image

7 years ago

February 11, 2018

टस जितेर नेपाल पहिले फिल्डिङ गर्दै

46 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो ।

नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् । पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

यूएईले पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराएको थियो । तर क्यानाडासँग दोस्रो खेलमा टोली २३ रनले पराजित भयो । क्यानाडा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । डिभिजन २ को फाइनल पुग्ने सम्भावना जीवित राख्नका लागि नेपाल र युएई दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

२०१९ को विश्वकपको छनोटको खुड्किलोको रुपमा रहेको डिभिजन २ को शीर्ष २ मा रहन सफल हुने टोलीले यहि वर्ष मार्चमा हुने जिम्बाबेमा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । डिभिजन २ को पुछारमा रहने दुई टोली रेलिगेसन पर्ने छन् । क्यानाडा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । समान २ अंक भए पनि रनरेटका आधारमा यूएई दोस्रो , नेपाल तेस्रो र ओमान चौथो स्थानमा छन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.