default_image

7 years ago

February 11, 2018

दक्षिण अफ्रिकाको श्रृंखलामा पहिलो जित

46 views

0 Bookmark

जोहानसबर्ग (एजेन्सी) – दक्षिण अफ्रिका गए राति भारतलाई चौथो एक दिवसीय खेलमा विजयी हुँदै गर्दै श्रृंखलामा पहिलो जित दर्ता गर्न सफल रह्यो । पानीले प्रभावित खेलमा दक्षिण अफ्रिका डकवर्थ लुइस नियममा ५ विकेटले विजयी रह्यो ।

पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ८९ रन बनाउन सफल भएको थियो । भारतका लागि ओपनर शिखर धवनले १ सय ९ रनको शानदार पारी खेले । उनलाई कप्तान विराट कोहलीले ७५ रन जोड्दै राम्रो साथ दिएका थिए । अन्य ब्याट्सम्यानहरुमा पूर्व कप्तान महेन्द्र सिंह धोनीले अवजित ४२ रन बनाए ।

जवाफमा पानीले प्रभावित भएको खेलमा दक्षिण अफ्रिकाले २८ ओभरमा २ सय २ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य घरेलु टोलीले २५.३ ओभरमै पुरा गर्न सफल रह्यो । दक्षिण अफ्रिकाका लागि हेन्रिक क्लासेनले २७ बलमा ४३ रनको पारी खेले । त्यस्तै डेभिड मिल्लरले ३९ तथा हासिम अम्लाले ३३ रनको महत्त्वपूर्ण पारी खेलेका थिए ।

यस जितसँगै दक्षिण अफ्रिकाले श्रृंखला जीवित राखेको छ । ६ खेलको श्रृंखलामा भारतले पहिलो तीनमा जित हांसिल गरेको थियो ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.