7 years ago
February 10, 2018
भैरहवा (हाम्रो खेलकुद)– तिरुपति क्रिकेट क्लबले प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबमाथि २ रनको रोमांचक जित निकाल्दै तिरुपति च्याम्पियन बनेको हो ।
तिरुपतिले उपाधिसहित ५० हजार र खुकुरीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा बुम एमसिसी क्रिकेट क्लबका विक्रम भुसाल म्यान अफ द सिरिज घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । बुम एमसिसीकै रमेश कुर्मी उत्कृष्ट बलर र खुकुरीका शंकर राना उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उत्कृष्ट दुवैले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको तिरुपतिले २० ओभरमा १९. २ ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन बनायो । टोलीका लागि तुलबहादुर थापाले सर्वाधिक २९ रन जोडे । खुकुरीका लालबहादुर अधिकारी र साहव आलमले समान ३ विकेट लिए ।
जवाफमा १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा खुकुरीले ९ विकेटको क्षतिमा १ सय २१ रन मात्र बनायो । टोलीका लागि निश्चल चौधरीले ३० रन बनाए । टोलीकाअन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । तिरुपतिका तुलबहादुर थापा र धनबहादुर शाहीले समान २ विकेट लिए । तिरुपतिका तुलबहादुर फाइनल अफ दी म्याच घोषित भए ।
विजेता र उपविजेता खेलाडीहरुलाई रुपन्देही क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र कार्यक्रम संयोजक चेतबहादुर क्षेत्रीले नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा सिद्धार्थनगरका ८ क्रिकेट क्लबको सहभागिता थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]