default_image

7 years ago

February 9, 2018

टिकापुर र इन्टर डिष्ट्रिकको पहिलो जित

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टिकापुर क्रिकेट क्लब र अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले राजधानरमिा जारी खुकुरी च्यालेञ्जर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छन् । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टिकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले तथा अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले समूह ‘डी’ को शीर्ष स्थानमा रहेको रौतहट राइजिङ–११ लाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेका हुन् ।

रौतहटले दिएको १ सय १९ रनको मध्यम लक्ष्य डिष्ट्रिकले १८.५ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । डिष्ट्रिकका लागि प्रकाश जैशीले अविजित ४५ रन बताए । मञ्जिल गुरुङले ३५ तथा सन्दिप यादवले २३ रन जोडे । रौतहटका सुनिल मिश्रले २ तथा आशुतोष सिंक, रवि शाह र शशी केशरीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रौतहटले ८ विकेटको क्षतिमा १ सय १८ रनको सामान्य योगफल तयार पारेको थियो । रौतहटका लागि ओपनर अश्चल चौधरी (४९) अर्धशतक बनाउनबाट १ रनले चुके । धर्मेन्द्र शाहले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन खेल्न सकेननठ । डिष्ट्रिकका शेर मल्लले ३ तथा दुर्गेश कुर्मीले २ विकेट लिए ।

यस्तै शुक्रबारै भएको अर्को खेलमा टिकापुरले बुटवल क्रिकेट ब्वाइजमाथि १० रनको रोमाञ्चक जित निकाल्यो । टिकापुरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको बुटवलले ६ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्यो । बुटवलका रविन क्षेत्रीले ४५ तथा उदय पाण्डेले ४२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल छुन सकेन । टिकापुरका अभिनभ यादवले दुई तथा प्रकाह न्यौपाने र प्रकाश रावले समान १ विकेट लिए ।

त्यसअघिटस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले रविन्द्र जंग शाहीको नटआउट ६५ रनको मद्दतमा ३ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार पारेको थियो । राजन शेरचनले ५० रनको अर्धशतकीय इनिङ्स खेले । गोविन्द केसी, विशाल भुषाल र रविन क्षेत्रीले समान १ विकेट लिए ।

हारपछि पनि रौतहट ३ खेलबाट ६ अंकसहित समूह ‘डी’ को शीर्ष स्थानमा छ । डिष्ट्रिक स्पोर्टस क्लब २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । समान २ खेलबाटै ३ अंक जोडेर टिकापुर चौथो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको बुटवल क्रिकेट ब्वाइज पुछारमा छ ।
प्रतियोगिता अन्र्तगत शनिबार समूह ‘डी’ कै खेल हुनेछ । पहिलो खेलमा डिष्ट्रिक स्पोर्टस क्लबले बुटवल क्रिकेट ब्वाइजसँग खेल्नेछ भने, दोस्रो खेलमा मकवानपुरले टिकापुर क्रिकेट क्लबको सामना गर्नेछ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.