default_image

7 years ago

February 9, 2018

टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै, नेपालको हिजोकै टोली

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपाल अहिले ओमानको सामना गर्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको थियो । क्यानडाले १६ अौं अोभरमै जित दर्ता गरेको थियो ।

प्रतियोगिताको अंक तालिकामा अोमान पुछारमा रहेको छ । नेपाल भने रनरेटका अाधारमा तेस्रो स्थानमा छ । शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ । नेपाल र ओमानमा पछिल्ला ४ खेलमा पहिले ब्याटिङ गर्ने टिम नै विजयी भएको छ । नेपालले हिजोको टोलीमा केहि परिवर्तन गरेको छैन ।

डिभिजन-२ को सम्पूर्ण नतिजा तथा तालिका यहाँ हेर्नुहोस्:

नेपालविरुद्ध ओमान: हेड टु हेड

२००७ एसीसी ट्रफि – नेपाल २ रनले विजयी
२००९ एसीसी ट्रफि – ओमान १२ रनले विजयी
२०११ एसीसी ट्रफि – ओमान २ रनले विजयी
२०१३ डिभिजन ३ – नेपाल २८ रनले विजयी

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.