7 years ago
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ ।
अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको थियो । क्यानडाले १६ अौं अोभरमै जित दर्ता गरेको थियो ।
प्रतियोगिताको अंक तालिकामा अोमान पुछारमा रहेको छ । नेपाल भने रनरेटका अाधारमा तेस्रो स्थानमा छ । शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ ।
पहिले बलिङ गर्दै हिजो नेपालले नामिबियालाई १ सय ३८ रनमा अलआउट गर्न सफल भएको थियो । तर लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ निकै फितलो देखियो । नेपालका तीन भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर क्रिजमा धेरै समय टिक्न सकेनन् भने दिपेन्द्र ऐरी, आरिफ शेख र दिलिप नाथको प्रदर्शन पनि निकै खराब रह्यो ।
नेपाललाई वसन्त रेग्मीको २४ रनले हारबाट जोगाएको थियो । ठूलो प्रतियोगितामा धेरैजसो नेपालको ब्याटिङ नै फितलो देखिने गरिन्छ र पहिलो खेलमा पनि सो कायम रह्यो । पिच तुलात्मक रुपमा स्लो देखिएकाले नेपालले संयम अप्नाई अनुभव र जोशलाई मैदानमा उतार्न आवश्यक छ । खेल आज नेपाली समय अनुसार १.१५ बजे सुरु हुने छ ।
डिभिजन-२ को सम्पूर्ण नतिजा तथा तालिका यहाँ हेर्नुहोस्:
नेपालविरुद्ध ओमान: हेड टु हेड
२००७ एसीसी ट्रफि – नेपाल २ रनले विजयी
२००९ एसीसी ट्रफि – ओमान १२ रनले विजयी
२०११ एसीसी ट्रफि – ओमान २ रनले विजयी
२०१३ डिभिजन ३ – नेपाल २८ रनले विजयी
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]