7 years ago
February 8, 2018
पोखरा (हाम्रो खलकुद) – मदन भण्डारी स्पोर्टस् एकेडेमीअन्तर्गत क्रिकेट विभागले कास्की जिल्ला संघ गठन गरेको छ । प्रविण रानाभाटको अध्यक्षतामा रहेको कास्की विभागको उपाध्यक्षमा उपाध्यक्षमा जिम्मी गुरुङ, सचिवमा भोजराज बराल, सहसचिबमा सन्दिप गिरी र कोषाध्यक्षमा शम्भु पतानी छन् ।
विभागको सदस्यमा दिपेन्द्र रानाभाट, ऋषिकेश शर्मा, विधान श्रेष्ठ, गोविन्द प्रधान, अशिष भण्डारी, मनिषा गुभाजु, सिंह बहादुर गुरुङ, रिजन प्रजु, सुष्मिता गुरुङ, विजय भुजेल र अर्जुन जोशी छन् । स्पोर्टस एकेडेमीका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले एकेडेमी नेपालमा चार वटा खेललाई लक्षित गर्दै अगाडी वढिरहेको बताए ।
‘नेपालमा क्रिकेट, मार्सल आटर््स, फुटबल र भलिबल खेलका नयाँ प्रतिभाको खोजी गर्नेछौं,’ उनले भने,‘ एकेडेमीले विद्यालयस्तर बाट नै खेलाडीको पहिचान गरि उनीहरुलाई राष्ट्रिय खेलाडी बनाउने अभियानमा हामी जुटको छौं ।’ अध्यक्ष श्रेष्ठले २०७४ फागुन २८ गते प्रदेश नं ५ को प्रस्तावित राजधानी बुटबलमा १५ लाख रुपैयाँ धनराशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिने बताए ।
उक्त प्रतियोगितामा भाग लिने एकेडेमीको टोलीलाई मलेसियामा लगेर प्रशिक्षण दिने तयारी समेत भएरहेको उनले जानकारी दिए । फागुनमा भक्तपुरमा राष्ट्रिय भलिबल, वैशाखमा मार्शल आर्ट्स गरिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने ‘हामीले ५ वर्ष सम्म महिनामा एक पटक कुनै न कुनै एक खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने छौं । ’ कार्यक्रममा एकेडेमी क्रिकेट विभागका केन्द्रिय अध्यक्ष विकास अधिकारी, केन्द्रिय सदस्य सुदिश शर्मा, एकेडेमीका केन्द्रिय सदस्य ऋषि गौतम लगायतको उपस्थिति थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]