7 years ago
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपाल नामिबियासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमै अलआउट पार्न सफल रह्यो ।
नेपालका लागि युवा बलर सन्दिप लामिछानेको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । ८.२ ओभर बलिङ गरेका सन्दिपले २ मेडेन साथ १८ रन खर्चिँदै ४ विकेट लिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए तथा वसन्त रेग्मी, शरद भेषावकर र पारस खड्काले १-१ विकेट लिएका थिए ।
सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाउन सफल भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेको नामिबियाको एक स्थितिमा २ विकेटको क्षतिमा ७५ रन थियो । तर नेपाली बलरहरुको कसिलो बलिङले नामिबियाको मिडल अर्डर ध्वस्त पार्यो ।
नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन जोडे भने जान फ्राइलिन्क र जेन ग्रिनले समान २२ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । विलियम्सलाई सन्दिपले नै शिकार बनाएका थिए । नेपाल केहि बेरमा ब्याटिङका लागि उत्रिनेछ । पछिल्ला तीन वर्षमा तीन पटक नै नेपालले नामिबियालाई पराजित गर्न सफल भएको थियो ।
नेपाली सुरुवाती ११ – ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का (कप्तान), शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, बसन्त रेग्मी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]