7 years ago
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको यात्राका रुपमा रहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता आज नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा आयोजक नामबियासँग खेल्दै नेपालले प्रतियोगिताको यात्रा प्रारम्भ गर्दैछ ।
अफ्फिज पार्क मैदानमा खेल नेपाली समयअनुसार दिउँसो १.१५ मा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । डिभिजन–२ कै लागि नेपालले एक साता युएईंमा प्रशिक्षणसहित ३ अभ्यास खेल खेलेको थियो । जसमध्ये नेपालले २ खेलमा जित हात पारेको थियो ।
युवा खेलाडी सम्मिलित नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने बताइएको छ । अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका रोहित पौडेल आज डेब्यु पनि गर्दैछन् ।
डिभिजन–२ को शीर्ष दुई भित्र पर्न सके त्यसले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्न सक्दछ । त्यस्तो हुन नसके नेपालले लामो समय विभिन्न ठुला प्रतियोगिताबाट बञ्चित हुनुपर्नेछ । नेपाल र नामिबिया विश्व क्रिकेट लिग डिभिजन–१ बाट घटुवा हुदै डिभिजन–२ मा पुगेका थिए ।
नेपाल र नामिबिया तीन वर्षमा चौथोपटक आमने–सामने हुन लागेको हुन् । यसअघिका तीन खेलमा जित निकालेको नेपाल नामिबियालाई चौथो खेलमा पनि पराजित गर्ने लक्ष्यमा हुनेछ ।
नेपाली सुरुवाती ११ – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]