default_image

7 years ago

February 8, 2018

भारतलाई सिरिजमा ३-० को अग्रता

84 views

0 Bookmark

सेन्चुरियन (एजेन्सी) – दक्षिण अफ्रिकविरुद्धको तेस्रो एक दिवसीय खेलमा पनि भारत विजयी भएको छ । भारतले घरेलु टोलीमाथि १ सय २४ रनको जित दर्ता गरेको हो ।

निर्धारित ५० ओभरमा ३ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४० ओभरमा १ सय ७९ रन बनाउँदै अलआउट हुन पुग्यो । दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले ५१ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो योग्दान दिन सकेनन् । भारतका लागि युज्वेन्द्र चहाल र कुल्दिप यादवले ४-४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ रन ३ रन बनाउन सफल भएको थियो । भारतका लागि कप्तान विराट कोहलीले शतकिय पारी खेलेका थिए । उनले १ सय ५९ बलमा १ सय ६० रन जोडेका थिए । ओपनर शिखर धवनले ७६ रन जोड्दै उनलाई राम्रो साथ दिएका थिए ।

यो कोहलीको एक दिवसीयमा ३४ औं शतक हो । यससँगै उनी सचिन तेन्दुल्करको एक दिवसीयमा ४९ शतकको नजिक पुग्दै छन् । एक दिवसीय क्रिकेटमा सर्वाधिक प्रहार गर्ने खेलाडिहरुको सुचीमा कोहली तेन्दुल्करकै पछि दोस्रो स्थानमा छन् । कोहलीले पछिल्ला ६ खेलमा ४ शतक प्रहार गरेका छन् ।

यस जितसँगै ६ खेलको सिरिजमा भारतले ३-० को अग्रता लिएको छ । अब चौथो खेलमा जित हांसिल गरे भारतले सिरिज आफ्नो नाममा पार्ने छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.