7 years ago
February 7, 2018
सेन्चुरियन (एजेन्सी) – दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले तेस्रो एक दिवसीय खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १ को योगफल बनाउन सफल भएको छ । भारतका लागि कप्तान विराट कोहलीले शतक प्रहार गरे ।
१ सय ५९ बलको सामना गर्दै कोहलीले १ सय ६० रन बनाए । यो उनको एक दिवसीयमा ३४ औं शतक हो । यससँगै उनी सचिन तेन्दुल्करको एक दिवसीयमा ४९ शतकको नजिक पुग्दै छन् । एक दिवसीय क्रिकेटमा सर्वाधिक प्रहार गर्ने खेलाडिहरुको सुचीमा कोहली तेन्दुल्करकै पछि दोस्रो स्थानमा छन् । कोहलीले पछिल्ला ६ खेलमा ४ शतक प्रहार गरेका छन् ।
आज भारतका लागि ओपनर रोहित शर्मा शुन्य रनमा आउट भए भने शिखर धवनले कोहलीको राम्रो साथ दिँदै ७६ रन जोडेका थिए । अजिन्क्या राहाने (११ रन), हार्दिक पाण्डेया (१४ रन) र महेन्द्र सिहं धोनी (१० रन) आज सस्तैमा आउट भए । दक्षिण अफ्रिकाका लागि जेपि डुमिनीले दुई विकेट लिन सफल भए । घरेलु टोली दक्षिण अफ्रिका केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]