7 years ago
February 6, 2018
भैरहवा (हाम्रो खेलकुद) –प्रथम मेयर कप टि ट्वान्टी रनिङ क्रिकेट प्रतियोगितामा मंगलबार लर्डबुद्ध क्रिकेट क्लब र बुम एमसिसी क्रिकेट क्लब विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा लर्डबुद्धले प्रोफेसनल मास्टर्स ११ लाई ६ विकेटले हराएको छ ।
७१ रनको लक्ष्य पछ्याएको लर्डबुद्धले १४.४ ओभरमा ४ विकेट गुमाउँदै ७३ रन बटुलेर जित निकाल्यो । टोलीका लागि रोशन गौतमले ३५ र राहुल शाहनीले अविजित १७ रन बनाए । प्रोफेसनलका शैलेश श्रीवास्तवले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रन बटुलेको थियो । टोलीका शतिष श्रीवास्तव र राजु शाहनीले समान १५ रन बनाए । लर्डबुद्धका महबुब आलम, कृतिमान ढकाल र रोहित राजपुतले समान ३ विकेट लिए । महबुब खेलको म्यान अफ द म्याच बने ।
अर्को खेलमा बुम एमसिसीले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो । ८६ रनको लक्ष्य पाएको बुमले १६.४ विकेटको क्षतिमा ८७ रन जोड्दै जित हासिल गरेको हो । टोलीका म्यान अफ द म्याच घोषित विक्रम भुसालले अविजित ३० र मृनल बस्नेतले २६ रन जोडे । बुद्धका रुपेश कुर्मीले ४ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाई ८५ रन जोड्यो । टोलीका प्रथम पराजुलीले १५ र विवेक न्यौपानेले १३ रन बनाए । बुमका रमेश कुर्मीले ४ तथा राहुल विक र विक्रम भुसालले समान ३ विकेट लिए ।
बुधबार पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट तथा दोस्रो खेल शिवशक्ति क्रिकेट क्लब र बुम एमसिसी क्रिकेट क्लबबीच हुनेछ । माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका ८ वटा क्लबहरुको भाग लिइरहे्का छन् । प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले १० हजार र हरेक खेलको म्यान मफ दी म्याचले ५ सय रुपैयाँ पाउनेछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]