7 years ago
February 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालय इन्टरनेशनलको आयोजनामा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोजक नेपालयले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो । टि–ट्वान्टी फर्म्याटमा १ महिनासम्म चल्ने प्रतियोगिता काठमाडौं, चितवन, पोखरा, भैरहवा, दाङ, नेपालगञ्ज, इटहरी, धनगढी र विर्तामोडमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिता फेब्रुअरी १३ देखि मार्च १३ सम्म हुनेछ । प्रतियोगिताका प्रत्येक शहरका १५ देखि २० कलेज गरी प्रतियोगितामा १ सय ५० भन्दा बढी कलेजले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले दावी गरको छ ।
लिग कम नकआउट फर्म्याटमा हुने प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रहेको आयोजकले बताएको छ । प्रतियोगितामा प्लस टु र स्नातक तहका १९ बर्षभन्दा कम उमेर भएका खेलाडीले भाग लिन पाउनेछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]