7 years ago
February 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – माघ पहिलो साता मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको क्रिकेट कर्निभल दौरान भएको ट्यालेन्ट हन्टबाट छनोटमा परेको खेलाडीहरुलाई छात्रवृत्ति तथा खेल सामाग्री प्रदान गरिएको छ ।
सुशील कोइराला मेमोरियल फाउण्डेसनको सहयोगमा भएको ट्यालेन्ट हन्टबाट छनोटमा परेका १० खेलाडीलाई खेल सामाग्रीसहित थप तीन जनालाई एक वर्षको लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको हो ।
खेल सामाग्रीसहित छात्रवृत्ति पाउने खेलाडीहरुमा कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृष्मा गुरुङ, अशोक पौडेल, खुशी ढंगोल, अफगाल अलि, अनुरोध पन्त, राम सुरत यादव तथा रौनक पराजुली रहेका छन् । यस्तै अजय देव, रुपेन्द्र श्रेष्ठ, प्रतिका दाहाललाई पनि एक वर्ष निशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
खेलाडीहरुलाई सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्य सचिब अतुल कोइराला, फाउण्डेसनका सल्लाहकार विष्णु निष्ठुरी, क्रिकेट विभाग प्रमुख सुदिप शर्मा लगायतले छात्रवृत्तिको पुरस्कार प्रदान गरे ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]