9 years ago
January 8, 2016
काठमाडौं – यसै महिनाको अन्त्यरमा राजधानीमा प्रथम राष्ट्रिय अन्तर क्लब क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ । युवा संघ नेपालको आयोजनामा पुस २८ गते देखि
आठ दिनसम्म चल्ने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र ललितपुरका पुल्चोक इन्जिनियरिङको मैदानमा हुनेछ ।
अन्तर क्लबमा त्रिभुवन आर्मी क्लबसहित १६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।
युवा संघ खेलकुद विभागका प्रमुख बेग बहादुर पान्डेले स्थानियस्तरका खेलाडी उत्पादनका लागि प्रतियोगिता सहयोगी हुन सक्ने विश्वास व्यक्त गरे ।
उपत्यका बाहिरका टोलीको समेत सहभागिता रहने पुस २६ गते सम्म प्रतिस्पर्धी टोलीको टुंगो लाग्ने बताइएको छ । क्लब च्याम्पियनसिपको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया र दास्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र उदयमान खेलाडी छनोट गरि पुरस्कृत गरिनेछ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]