7 years ago
February 4, 2018
सेन्चुरियन (एजेन्सी) – भारत विरुद्ध दक्षिण अफ्रिकाले दोस्रो एक दिवसीय ९ विकेटले जितेको छ । यस जितसँगै भारतले ६ खेलको सिरिजमा २-० को अग्रता लिएको छ ।
पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका ३२.२ ओभरमै १ सय १८ रनमा अलआउट भएको हो । घरेलु टोलीको लागि जेपी डुमिनी र खाया जोन्डोले सर्वाधिक २५-२५ रन जोडे । त्यस्तै हासिम अम्लाले २३, क्विन्टन डे ककले २० र क्रिस मोरिसले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि स्पिनर युज्भेन्द्र चहलले ५ विकेट लिएका थिए । त्यस्तै कुल्दिप यादवले ३ विकेट लिए भने भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले एकएक विकेट लिए ।
जवाफमा भारतले १ सय १९ रनको लक्ष्य २०.३ ओभरमै पुरा गर्यो । भारतका लागि शिखर धवनले अवजित ५१ रन बनाए भने कप्तान विराट कोहली पनि ४६ रनमा अवजित रहे । भारतले रोहित शर्माको रुपमा एक मात्र विकेट गुमाएको थियो । उनी कागिसो राबाडाको बलमा १५ रनमा आउट भएका थिए ।
भारतले पहिलो खेल ६ विकेटले जितेको थियो । भारत र दक्षिण अफ्रिकाको तेस्रो खेल ७ फेब्रुअरीमा खेलिने छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]