7 years ago
February 3, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि धनगढीमा दुई दिन ट्यालेन्ट हन्ट हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा सहभागी ६ टिमले सुदूरपश्चिमका एकजना खेलाडी प्रत्येक टिमले लिनै पर्ने प्रावधान राखेपछि यही आइतबार र सोमबार दुई दिन ट्यालेन्ट हन्ट हुन लागेको हो ।
ट्यालेन्ट हन्टमा सहभागी जनाउन चाहने खेलाडीहरुले शनिबारसम्म धनगढी प्रिमियर लिगको अफिसियल वेवसाइट तथा धनगढीस्थित डिसीएको कार्यालयबाट फाराम लिई भर्न सक्नेछन् । ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका १२ जना खेलाडीहरु छनोट गर्ने र ती खेलाडीहरुबाट प्रत्येक टिमले एक जना खेलाडी लिने डिसिएका अध्यक्ष सुवास शाहीले बताए ।
ट्यालेन्ट हन्टमा खेलाडीको छनोट गर्न राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापा धनगढी पुगिसकेका छन् । छनोटमा परेको खेलाडीले डिपिएल अक्सनको समूह ‘डी’ अन्तर्गत २५ हजार रुपैया पाउनेछन् । ट्यालेन्ट हन्टसहित अन्य खेलाडीहरु समेटेर आउँदो फागुन ९ गते काठमाडौंमा खेलाडीको अक्सन हुने डिसिएले जनाएको छ ।
डीपिएल आगामी चैत्र १७ गतेबाट धनगढीमा हुँदैछ । प्रतियोगितामा टिम चौराहा धनगढी, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपेन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]