7 years ago
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले युएई ‘ए’सँगको अन्तिम अभ्यास खेलमा पराजय भोगेको छ । नेपालले आफ्ना अघिल्ला दुई अभ्यास खेलमा जित हांसिल गरेको थियो ।
पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा २ सय १५ रन बनाउन सफल भएको थियो । जवाफमा नेपाल ३८.५ ओभरमा अलआउट हुँदै केवल १ सय ५१ रन बनाउन सक्यो । अघिल्लो अभ्यास खेलमा राम्रो देखिएको नेपालको ब्याटिङ आज निकै फितलो रह्यो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रनको योग्दान दिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए । दिपेन्द्र ऐरीले २६, अनिल शाहले २१ र आरिफ शेखले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर दिलिप नाथ शुन्यमा आउट भएका थिए भने भरपर्दा शरद भेषवाकरले पनि आज १ रन मात्र बनाए । सोमपाल कामी र ललित भण्डारी खातै नखोली पभेलियन फर्के । वसन्त रेग्मी ६ रनमा आउट भएका थिए भने सन्दिप लामिछाने ६ रनमा अवजित रहे ।
यस अघि चिराग सुरीको ८५ रनको पारी युएईको योगफलको आधार बनेको थियो । अन्य खेलाडिहरुमा अलि मिर्जाले अवजित ४२ रन बनाएका थिए भने अतिरुर रहमानले ३३ रन जोडे ।
बलिङतर्फ सोमपाल कामीले ३ विकेट, ललित भण्डारीले २ विकेट लिए भने पारस खड्का, वसन्त रेग्मी र सन्दिप लामिछानेले एकएक विकेट लिए । सन्दिपले आफ्नो १० ओभरमा केवल २७ रन खर्चेका थिए भने पारसले ६ ओभरमा ३ मेडेन फाल्दै केवल ६ रन खर्चेका थिए । ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]