default_image

7 years ago

February 2, 2018

कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित

121 views

0 Bookmark

डर्बन (एजेन्सी) – दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले घरेलु टोलीलाई पहिलो एक दिवसीय खेलमा ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भारतले ६ खेलको सिरिजमा १-० को अग्रता पनि लिन सफल भएको छ ।

२ सय ७० रनको लक्ष्य पछ्याएको भारतले सो लक्ष्य ४ विकेटको क्षतिमा ४५.३ ओभरमै पुरा गर्न सफल रह्यो । भारतका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेले ।

कोहलीले १ सय १९ बलमा १० चौकाको मद्दतले १ सय १२ रन बनाएका थिए । भारतले दुई ओपनर रोहित शर्मा (२० रन) र शिखर धवन (३५ रन) लाई तेह्रौं ओभरमा गुमाएको थियो । तर अजिन्क्या राहाने र कोहलीले १ सय ८९ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । राहानेले ७९ रनको योग्दान दिएका थिए ।

यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो । टोलीका लागि मिडल अर्डर ब्याट्सम्यान फाफ डु प्लेसिसले सर्वाधिक १ सय २० रनको योग्दान दिए । भारतका लागि बलिङतर्फ कुल्दिप यादवले ३ विकेट लिएका थिए ।

दोस्रो एक दिवसीय खेल पर्सि आइतबार खेलिने छ । यसअघि दक्षिण अफ्रिकाले ३ खेलको टेस्ट सिरिज २-१ ले जितेको थियो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.