7 years ago
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका लागि युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दै छ ।
दुबईस्थित अाईसीसी ग्लोबल एकेडेमीको मैदानमा नेपालले युएई ‘ए’ को सामना गर्नेछ । अघिल्ला दुई खेलमा जित हात पारेको नेपाल शत प्रतिशत जित दर्ता गर्ने सुरमा हुनेछ । नेपालले पहिलो खेल २५ रन र दोस्रोमा १ सय ९३ रनको जित हासिल गरेको थियो ।
अाजको खेलमा शरद भेषावकर पनि मैदानमा उत्रने सम्भावना रहेको छ । यसअघि दुई खेलमा उनले विश्राम लिएका थिए । नेपाल डिभिजन २ को शीर्ष दुई स्थानमा रहे विश्वकप छनौट प्रतियोगिताका लागि स्थान बनाउन सफल हुनेछ ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]