7 years ago
January 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली दिल्ली डेरडेभिल्समा आबद्ध लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र शक्ति गौचनले पनि एकएक विकेट लिएका थिए भने पारस खड्काले २ विकेट लिए ।
युएईका लागि मोहम्मद कसिमले सर्वाधिक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने राम्रो योग्दान दिन सकेनन् । कसिम सन्दिपकै बलमा एलबिडब्लुको शिकार भएका थिए ।
यसअघि पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय ३१ बलमा १ सय ५४ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले पहिलो विकेटका लागि दिलिप नाथसँग मिलेर १ सय ४२ रनको साझेदारी बनाएका थिए ।
दिलिप ६४ रनमा पभेलियन फर्केका थिए । त्यस्तै अनिल साहले १४ रन र दिपेन्द ऐरीले ३४ रन बनाउँदै आउट भएका थिए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले पनि ज्ञानेन्द्रको राम्रो साथ दिएका थिए । उनले ४१ रन जोड्दै चौथो विकेटका लागि ८१ रनको साझेदारी बनाएका थिए । आरिफ अवजित रहेका थिए भने करन केसी ५ रनमा अन्तिम बलमा आउट भए ।
हिजोको पहिलो अभ्यास खेलमा नेपाल २५ रनले विजयी भएको थियो । नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि शुक्रबार खेल्ने छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]