default_image

7 years ago

January 30, 2018

क्यान निलम्बन फुकुवाको संकेत

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली क्रिकेटको विवाद समाधानको लागि आगामी थप पाँच महिनाको समय सिमा तोकेको छ । आइसीसीका प्रतिनिधिसँग सोमबार भएको बैठकका बारेमा जानकारी दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार पत्रकार सम्मेलन गर्दै क्रिकेट विवादका लागि सबै पक्ष लचिलो देखिएको र विवाद समाधानको आइसिसीले जुनसम्मको समयसिमा तोकेको छ ।

आन्तरिक विवादमा फसेपछि आइसिसीले झन्डै दुई वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । विवाद समाधानका लागि भन्दै आइसिसीले गठन गरेको सल्लाहकार समूहले तयार पारेको विधान क्यानको साधारण सभाबाट जस्ताको तस्तै पास नभएपछि पछिल्लो चरण नेपालको क्रिकेट विवाद समाधानमा अन्यौलता देखिएको थियो ।

आइसीसीका एशोसियटतर्फका उपाध्यक्ष इमरान ख्वाजासहितको प्रतिनिधिमण्डलले आइतबार र सोमबार दुई दिनसम्म राखेपका सदस्यसचिव केशव कुमार विष्ट, सल्लाहकार समूह, क्रिकेटका सरोकारवाला निकाय, निर्वाचित क्यान र तदर्थसमितिसँग छलफल गरेको थियो । छलफलपछि निर्वाचित क्यान केही लचिलो देखिएपछि नेपालको निलम्वन फुकुवा हुने सम्भावना उच्च बनेको हो ।

आइसीसीले केही दिनमा नै क्यान निर्वाचनको समयसीमा पठाउनेछ । यसका लागि जुनअघि नै आईसीसीले विधान पुनः संसोधन गरेर पाँच सदस्यीय अनुगमन समिति गठन गर्नेछ । सोही तदर्थ समितिले क्यानको साधारण सभा गराउनुपर्नेछ । त्यसअघि प्रक्रिया नपुगेका जिल्ला संघहरुको निर्वाचन सल्लाहकार कमिटिको रोहवरमा हुने राखेप सदस्य सचिव केशवकुमार विष्टले बताए ।

यसो हुन सकेमा आइसीसीले आगामी जुन मा आइसीसीको बैठकले नेपालको निलम्बन फुकुवा गर्न सक्नेछ । निर्वाचित क्यानले ३९ जिल्लाको निर्वाचन गरिसकेको छ । त्यसपछि प्रदेश निर्वाचनका साथै केन्द्रीय निर्वाचनका लागि समय तालिका तयार पार्नुपर्नेछ । यो कमिटीमा तीन जना आईसीसीबाट, एक एक जना सल्लाहकार समिति र क्यानबाट बस्नेछन् ।

राखेपका सदस्यसचिव विष्टले यसअघि जे भएपनि अब सच्चिएर नगए आइसीसीका साथै राखेपले पनि कडा कदम चाल्ने चेतावनी दिए । ‘ हामी अभिभावकको भुमिकामा बस्यौं अब पनि नसच्चिए हामी पनि आइसीसीसँगै कडा कदम चाल्नेछौं, ’ सदस्यसचिव विष्टले भने, ‘सबैमा कमजोरी रह्यो अब सच्चिएर जानुको विकल्प छैन, प्रतिबन्ध फुकुवा हुँदै अब क्रिकेटमा नयाँ सम्भावना खुलेको छ । आन्तरिक स्टेक होल्डर्स र एडभाइजरी बोर्ड सबै एकै ठाउमा आएको छ । अब राखेपले हस्तक्षेप गर्नेछैन ।’

सल्लाकार समूहका संयोजक विनयराज पाण्डेले छलफलमा आइसीसीले उठाएका विषयहरुमा सहमति भएको बताए । उनले अब पनि सहमती अनुसार विवाद समाधान नभए आईसीसीले कुनै पहल नगर्ने स्पष्ट पारे । पाण्डेले भने ‘आइसीसीले उठाएका विषयमा सहमति भएको छ । मिलेर नगए आईसीसीले पहल गर्ने छैन । यो हाम्रो लागि अन्तिम अवसर हो ’ उनले छलफलमा सहमत भएका विषयलाई सबैले अवसर र गम्भीरताका साथ स्वीकार्न आग्रह गरे ।’

निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटको निलम्बन फुकुवाका लागि गर्नु आफूहरुको मुख्य योजना रहेको भन्दै सबै बाधा अडचनलाई पछि पार्दै काम गर्ने बताए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.