7 years ago
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ ।
२ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८.४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले ५ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । त्यस्तै दिपेन्द्र ऐरीले ३ महत्त्वपूर्ण विकेट लिँदै नेपालको जितको सम्भावना अझै बलियो बनाएका थिए । त्यस्तै करन केसी र ललित भण्डारीले पनि एकएक विकेट लिएका थिए ।
युएईले बिना क्षति ८७ बनाए पनि त्यसपछी दिपेन्द्र र पारसले युएईको टप अर्डर ध्वस्त बनाएका थिए । युएईका ओपनर फहाद नवाजले ३६ रन बनाएका थिए भने अर्का ओपनर चिराग सुरीले ४५ रनको योग्दान दिए । पारीको अन्तिममा निल लोबोले ५९ रनको राम्रो पारी खेल्दै युएईको पारी उकास्न खोजे पनि उनी सफल भएनन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ४६ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालका लागि ओपनर दिलिप नाथले टोलीलाई राम्रो सुरुवात दिलाए पनि मध्यपंक्ति ब्याटिङमा केहि कमजोर देखिएको थियो । दिलिपले ६० बलमा ६१ रनको राम्रो पारी खेलेका थिए । त्यस्तै अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल भने १८ रनमा आउट भएका थिए ।
दिलिपले दोस्रो विकेटका लागि अनिल कुमार शाहसँग मिलेर ६० रनको साझेदारि गरेका थिए । अनिल ५२ बलमा ३१ रन बनाउँदै आउट भएका थिए । कप्तान पारस खड्का २० रन बनाउँदै पभेलियन फर्केका थिए भने आरिफ शेख र दिपेन्द्र ऐरी समान २ रन बनाउँदै आउट भएका थिए ।
नेपालको एक समय ६ विकेटको क्षतिमा १ सय ३६ रन थियो । तर टिममा डेब्यु गरिरहेका रोहित पौडेल र वसन्त रेग्मीले नेपालको पारी उकासेका थिए । वसन्त र रोहित मिलेर सातौं विकेटका लागि ४५ रन जोडेका थिए । वसन्त २१ रनमा आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका करन केसीले १६ बलमा आक्रामक ३५ रन जोड्दै रोहितको राम्रो साथ दिएका थिए । रोहितले राम्रो प्रदर्शन गर्दै अन्तिम ओभरमा आउट हुनुअघि ४३ रन जोड्न सफल भएका थिए । आज नेपालले सन्दिप लामिछाने, शरद भेषवाकर र सोमपाल कामीलाई विश्राम दिएको थियो ।
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। मधेश प्रदेशलाई मंगलवार ७ विकेटले हराउँदै बागमतीले सुपर फोरमा स्थान बनाएको छ । बागमती समूह ‘बी’बाट सुपर फोरमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो । यसअघि आजको पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुपर फोरमा […]