7 years ago
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज अभ्यास खेलमा युएईसँग भिड्दै छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ४६ रनको योगफल तयार पार्न सफल रह्यो ।
नेपालका लागि ओपनर दिलिप नाथले टोलीलाई राम्रो सुरुवात दिलाए पनि मध्यपंक्ति ब्याटिङमा केहि कमजोर देखियो । दिलिपले ६० बलमा ६१ रनको राम्रो पारी खेलेका थिए । त्यस्तै अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल भने १८ रनमा आउट भएका थिए ।
दिलिपले दोस्रो विकेटका लागि अनिल कुमार शाहसँग मिलेर ६० रनको साझेदारि गरेका थिए । अनिल ५२ बलमा ३१ रन बनाउँदै आउट भएका थिए । कप्तान पारस खड्का २० रन बनाउँदै पभेलियन फर्केका थिए भने आरिफ शेख र दिपेन्द्र ऐरी समान २ रन बनाउँदै आउट भएका थिए ।
नेपालको एक समय ६ विकेटको क्षतिमा १ सय ३६ रन थियो । तर टिममा डेब्यु गरिरहेका रोहित पौडेल र वसन्त रेग्मीले नेपालको पारी उकासेका थिए । वसन्त र रोहित मिलेर सातौं विकेटका लागि ४५ रन जोडेका थिए । वसन्त २१ रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका करन केसीले १६ बलमा आक्रामक ३५ रन जोड्दै रोहितको राम्रो साथ दिए । रोहितले राम्रो प्रदर्शन गर्दै अन्तिम ओभरमा आउट हुनुअघि ४३ रन जोड्न सफल भए । आज नेपालले सन्दिप लामिछाने, शरद भेषवाकर र सोमपाल कामीलाई विश्राम दिएको छ । अब युएईले केहि बेरमा ब्याटिङ गर्न उत्रिने छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]