7 years ago
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (अाईपीएल) को अक्सनमा सहभागी छन् । पहिलो दिन सुरुका १ सय १० खेलाडीमा मात्र बोली लाग्दा सन्दीपको भाग्य दोस्रो दिन थाहा हुने भएको हो ।
अक्सनमा सन्दीपको नाम अगाडि अाउन सहभागी कुनै टोलीले उनको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको छ । सन्दीप अक्सनको सुचिमा २ सय ७६ नम्बरमा छन् । उनलाई अनक्याप्ड स्पिनरको सुचिमा सामेल गरिएको छ ।
पहिलो दिन स्पिनर माथि लागेको ठूलो रकमको बोलीले पनि उनको सम्भावना बढेको छ । भारतीय प्रतिष्ठित सञ्चारमाध्यमले पनि सन्दीपको नाम अक्सनमा अाउन सक्ने बताएका छन् । सन्दीपको सुरुवाती रकम २० लाख भारु रहेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]