default_image

7 years ago

January 27, 2018

अन्तिम टेष्टमा दक्षिण अफ्रिका विरुद्ध भारत विजयी

95 views

0 Bookmark

जोहानसबर्ग (एजेन्सी) – दक्षिण अफ्रिका विरुद्धको अन्तिम टेस्टमा भारतले घरेलु टोलीलाई ६३ रनले हराएको छ । भारतले यसअघि नै ३ खेलको सिरिज २-० ले हारिसकेकोले यो जितसँगै सिरिज २-१ बनाउँदै सान्तवना जित हात पारेको छ ।

दोस्रो इनिङ्समा २ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ सय ९४ रनमा अलआउट हुन पुग्यो । भारतका लागि तीव्र गतिका बलर मोहम्मद शमीले ५ विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह र इशान्त शर्माले २ विकेट तथा भुवनेश्वर कुमारले एक विकेट हात पारेका थिए ।

दक्षिण अफ्रिकाका लागि डिन एल्गर र हासिम अम्लाले राम्रो सुरुवात दिए पनि त्यसलाई अन्य ब्याट्सम्यानले निरन्तरता दिन नसक्दा घरेलु टोलीले सिरिज क्लिन स्विप गर्ने मौका गुमाएको हो । एल्गरले ८६ रन बनाएका थिए भने अम्लाले ५२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने १० रनभन्दा बढि रन जोड्न सकेनन् ।

यस अघि कप्तान विराट कोहली र चितेश्वर पुजाराको अर्धशतकिय पारीको बावजुद भारत पहिलो इनिङ्समा १ सय ८७ रनमा आउट हुन पुगेको थियो । जवाफमा अम्लाको ६१ रनको मद्दतमा दक्षिण अफ्रिकाले १ सय ९१ रन बनाएको थियो । भारतका लागि पहिलो इनिङ्समा जस्प्रित बुम्राहले ५ विकेट लिएका थिए ।

त्यस्तै अजिक्या राहाने (४८ रन) र कोहली (४१ रन) को पारीको मद्दतले भारतले २ सय ४७ रन जोड्दै २ सय ४१ रनको लक्ष्य दिएको थियो ।भारत र दक्षिण अफ्रिकाले अब एक दिवसीय खेल्ने छन् । पहिलो एक दिवसीय खेल फेब्रुवरी १ म खेलिने छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.