default_image

7 years ago

January 27, 2018

अाईपीएल अक्सन केहीबेरमा सुरु हुँदै

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुँदै छन् । सन्दीप अक्सनमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । अक्सन स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ ।

भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर अक्सनमार्फत कुनै टोलीले खरिद गरेका खेलाडीले मात्र यसमा सहभागिता जनाउने मौका पाउँछन् । प्रत्यक टोलीले कम्तिमा १८ र बढीमा २५ खेलाडी अक्सनमार्फत किन्न पाउने प्रावधान रहेको छ । प्रत्येक टोलीमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइन्छ भने एक पटकमा ४ खेलाडीले मात्र खेल्न पाउँछन् ।

अक्सनमा सहभागी हुन आईपीएलले ५ सय ७८ खेलाडीको अन्तिम नामावाली सार्वजनिक गरेको छ । त्यसमा ३ सय ६० भारतीय तथा २ सय १८ विदेशी खेलाडी रहेका छन् । सबै टोलीलाई अक्सनमा खर्च गर्न ८० करोड भारु तोकिएको छ । केही टोलीले भने प्रतियोगिताको नियमअनुसार पुराना खेलाडी राख्ने प्रक्रिया (रिटेन्सन) को उपयोग गरेकाले केही सिमित बजेट खर्चिन पाउने छैनन् ।

नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् । सन्दिपको न्युनतम सुरुआती मूल्य २० लाख भारु राखिएको छ । आईपीएलको अक्सनको जानकारी यसप्रकारको रहेको छ :

अक्सन हुने मिति : २७ र २८ जनवरी २०१८

अक्सन हुने स्थान : रिट्ज कार्ल्टन, बेंग्लोर

अक्सन समय : बिहान ९ बजेदेखि

प्रत्यक्ष प्रसारण : स्टार स्पोर्ट्स र हटस्टार एप

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.