default_image

7 years ago

January 26, 2018

अाइपिएल अक्सन भोलीदेखी, नेपाली समर्थकको नजर सन्दिपतिर

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को भोलिको अक्सनमा यसपटक नेपाली क्रिकेट प्रेमिहरुको बेग्लै चासो रहने छ । कारण यसपटक अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने पनि परेका छन् ।

भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर अक्सनमार्फत कुनै टोलीले खरिद गरेका खेलाडीले मात्र यसमा सहभागिता जनाउने मौका पाउँछन् । प्रत्यक टोलीले कम्तिमा १८ र बढीमा २७ खेलाडी अक्सनमार्फत किन्न पाउने प्रावधान रहेको छ । प्रत्येक टोलीमा अधिकतम ९ विदेशी खेलाडी राख्न पाइन्छ भने एक पटकमा ४ खेलाडीले मात्र खेल्न पाउँछन् ।

अक्सनमा सहभागी हुन आईपीएलले ५ सय ७८ खेलाडीको अन्तिम नामावाली सार्वजनिक गरेको छ । त्यसमा ३ सय ६० भारतीय तथा २ सय १८ विदेशी खेलाडी रहेका छन् । सबै टोलीलाई अक्सनमा खर्च गर्न ८० करोड भारु तोकिएको छ । केही टोलीले भने प्रतियोगिताको नियमअनुसार पुराना खेलाडी राख्ने प्रक्रिया (रिटेन्सन) को उपयोग गरेकाले केही सिमित बजेट खर्चिन पाउने छैनन् ।

नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् । सन्दिपको न्युनतम सुरुआती मूल्य २० लाख भारु राखिएको छ । आईपीएलको अक्सनको जानकारी यसप्रकारको रहेको छ :

अक्सन हुने मिति : २७ र २८ जनवरी २०१८

अक्सन हुने स्थान : रिट्ज कार्ल्टन, बेंग्लोर

अक्सन समय : बिहान ९ बजेदेखि

प्रत्यक्ष प्रसारण : स्टार स्पोर्ट्स र हटस्टार एप

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.