7 years ago
January 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीमा रोहित कुमार पौडेलको रुपमा नयाँ अनुहारको आगमन पनि भएको छ ।
नेपालले फेब्रुवरी ८ देखि १५ सम्म नामिबियामा डिभिजन-२ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित ३ सदस्यीय छनोट समितिले बिहिबार टोलीको घोषणा गरेका हुन् ।
ओपनिङमा सुनिल धमला र दिलिप नाथमध्ये एक खेलाडिले उपकप्तान मल्लको साथ दिने देखिन्थियो । तर सुनिल अन्तिम टोलीमा नपरेपछि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नेपालको ओपनिङ सम्हाल्ने पक्का देखिन्छ । त्यस्तै अनिल शाह यसअघि टोलीमा परे पनि सुरुवाती ११ मा भने परेका थिएनन् । घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका रोहितले भने पहिलो पटक टोलीमा स्थान पाएका हुन् ।
टोली शनिबार युएईमा अभ्यास खेलका लागि प्रस्थान गर्ने छ । युएईमा नेपालले ३ अभ्यास खेल खेल्दै फेब्रुवरी ४ मा नामिबिया प्रस्थान गर्ने छ ।
छनोट हुन सफल १४ सदस्यीय टोली यस प्रकारको रहेको छ:
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शक्ति गौचन
४. वसन्त रेग्मी
५. शरद भेषवाकर
६. सोमपाल कामी
७. करन केसी
८. आरिफ शेख
९. सन्दिप लामिछाने
१०. दिपेन्द्र सिंह ऐरी
११. दिलिप नाथ
१२. ललित भण्डारी
१३. अनिल कुमार शाह
१४. रोहित कुमार पौडेल
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]