7 years ago
January 24, 2018
जोहानेसबर्ग (एजेन्सी)– दक्षिण अफ्रिकाविरुद्धको टेस्ट श्रृखंला गुमाइसकेको भारतले तेस्रो तथा अन्तिम टेस्टमा पनि सन्तोषजनक सुरुआत गर्न सकेन । पहिलो दिनमै भारत पहिलो इनिङ्समा १ सय ८७ रनमा अलआउट भएको छ । जवाफमा दक्षिण अफ्रिकाले १ विकेटको नोक्सानीमा ६ रन जोड्दा पहिलो दिन बुधबारको खेल समाप्त भएको छ ।
भारतीय बलर भुवनेश्वर कुमारले घरेलु टोलीका एडिन मार्कक्रम (२ रन) को विकेट लिएका थिए । डेन एल्गारले ४ र कागिसो राबाडाले ० बाट दोस्रो दिन बिहीबारको खेल अघि बढाउनेछन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहली र चेतेश्वर पुजाराले अर्धशतक पुरा गरेका थिए ।
कोहली, पुजारा र भुवनेश्वर बाहेक कुनै पनि खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । कोहलीले ५४ र पुजाराले ५० तथा भुवनेश्वरले ३० रन बनाए । घरेलु टोलीका लागि राबाडाले ३९ रन खर्चेर ३ विकेट लिए भने मोर्ने मोर्केल, भेर्नोन फिलिन्डर र एन्डिले फेलुकवायोले समान ३ विकेट लिएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]