default_image

7 years ago

January 23, 2018

यू१९ विश्वकपमा अस्ट्रेलियाका पोपको एेतिहासिक प्रदर्शन

84 views

0 Bookmark

क्विन्सटाउन (एजेन्सी) – अाइसीसी यू१९ विश्वकप अन्तर्गत मंगलबारको क्वाटरफाइनल खेलमा लेग स्पिनर लोयड पोपले ८ विकेट लिएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३१ रनले हराएको छ ।

पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ३३.३ अोभरमा अलअाउट हुँदा १ सय २७ रन मात्र जोडेको थियो । इंग्ल्याण्ड १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा एक समय ४७/० को सुदृढ स्थितिमा रहेको थियो । तर लेग स्पिनर पोपले उत्कृष्ट बलिङ गर्दै खेललाई बदले ।

उनको उत्कृष्ट बलिङ खेल्न नसक्दा इंग्ल्याण्ड ९६ रनमै अलअाउट भयो । ९.४ अोभर बलिङ गरेका पोपले ३५ रन खर्चेर ८ विकेट लिए । यो यू१९ विश्वकपकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो ।

इंग्ल्याण्डका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके ‌। अस्ट्रेलियाले सेमिफाइनलमा न्युजिल्यान्ड र अफगानिस्तानको विजेताको सामना गर्नेछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.