default_image

7 years ago

January 22, 2018

क्रिकेट टोलीको प्रशिक्षण जारी, ब्याट्सम्यान सेट देखिए

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ‘टू’ को तयारीमा रहेको नेपाली टोलीले सोमबार पनि कीर्तिपुर स्थित त्रिवि मैदानमा प्रशिक्षण गरेको छ ।

सोमबारको प्रशिक्षणमा पनि यथार्थ जस्तै खेलको माहोल बनाउँदै बलरहरुले ब्याट्सम्यानहरुलाई तोकिएको कृत्रिम लक्ष्य पार गर्न रोक्नु पर्ने थियो । त्यस्तै ब्याट्सम्यानहरुले भने दिइएको लक्ष्य पुरा गर्नु पर्ने चुनौती लिएका थिए ।

सोमबारको प्रशिक्षणमा दिलिप नाथ र शरदले रवाफिलो ब्याटिंग गरे । नेपालको ब्याटिंगमा समस्या देखिँदै आए पनि शीर्ष क्रमका ब्याट्सम्यानहरु राम्रो लयमा देखिए । युवा फास्ट बलर किशोर महतोले ब्याट्सम्यानहरुलाई केही कठिन समय दिए पनि शरद र दिलिप सेट देखिए । त्यस्तै अर्का भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको प्रदर्शन पनि आजको प्रशिक्षणमा प्रसंशनीय रह्यो ।

तस्बिर : दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद

 

 

 

‘आइपिएल भन्दा राष्ट्रिय टोलीमा केन्द्रित छु’– सन्दिप

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.