7 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सुचिमा पर्दा खुसी लागेको भएपनि आफ्नो लागि नेपाली क्रिकेट टोलीको तयारी बढी महत्वपूर्ण भएको बताएका छन् ।
नेपाली टोली नामेबियामा हुने विश्व कप क्रिकेट लिग डिभिजन टुको तयारीमा जुटिरहेको छ । केहि दिन अघि भएको आइपिएल अक्सनको सुचिमा सन्दीप पनि समेटिएका थिए । ले सार्वजनिक गरेको अक्सनको सूचीमा पुर्न भन्दा पनि आफ्नो लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने डिभिजन टुको लागि केन्द्रिय रहेको बताएको छ ।
‘अहिले नेपाली टोलीका विश्व क्रिकेट लिग डिभिजन टू महत्वपूर्ण छ, म पनि त्यममै केन्द्रित छु,’ नेपाली टोलीको प्रशिक्षणमा जुटको सन्दीपले हाम्रो खेलकुद डटकमसँग भने, ‘आइपिएलमा मौका पाए भने अवश्य राम्रो गर्नेछु । तर अहिले मेरो प्राथमिकता नेपाली टोली हो । ’
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]