7 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पहिलोपटक एकदिवसीय विश्वकप खेलेर स्वदेश फर्किएका नेपाल दृष्टिविहीन क्रिकेट टोलीलाई स्वागत र सम्मान गरेको छ ।
नेपाली दृष्टिविहीन क्रिकटे टोलीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का, नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेपाली टोलीको ब्याटिङ कन्सलटेन्ट भारतीय सुलक्षण कुलकर्नी लगायतले सम्मान गरे ।
नेपाली क्रिकेट समर्थक समाजले कार्यक्रममा नेत्रहिन क्रिकेट संघलाई विश्वकपमार्फत देशको झन्डा विश्वमा फैल्याउन उल्लेखनीय योगदान गरेको भन्दै नगद रु ५० हजार विश्वकपमा सहभागी टोलीलाई तथा १४ जना खेलाडीलाई जनही २२ हजारका दरले तथा अफिसियल र प्राविधिक ८ जनालाई जनही ११ हजार प्रदान गरेको थियो । सोही अवसरमा हवाइ पार्ट्नर फ्लाई दुबई, दृस्टिबिहिन टिमको जर्सी स्पोन्सर साहस स्पोर्ट्स र सन्यास घोषणा गरेका दुई दृस्टीबिहिन खेलाडी किर्तन श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाल दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट एकदिवसीय विश्वकप खेल्न पाकिस्तान जाँदै गर्दा सरकारी निकायबाट कुनै सहयोग नपाएपछि टोली बसको लामो यात्रामा भारतको दिल्ली, अमृतसर हुँदै पाकिस्तानको लाहोर पुग्नुपरेको थियो । सञ्चार माध्यममा नेपाली दृष्टिविहीन टोली कठिन यात्रा गरेर विश्वकप खेल्न जान लागेको समाचार आउना साथ नेपाली क्रिकेट समर्थकहरुको एकमात्र प्रतिनिधी संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसिसिएस) ले दृस्टिबिहिन क्रिकेटरहरुको सहयोगार्थ अभियान ‘जाँदा रेलमा फर्कँदा प्लेनमा’ पुस २२ बाट सुरु गरेको थियो ।
करिब १५ दिने अभियानबाट कुल रु ७ लाख ८७ हजार १ सय २९ रुपैया संकलन भएको थियो । जसमा ३ लाख १९ हजार हवाइ टिकटमा खर्च गरिँदा बाँकी रकम खेलाडीहलाई बााडिएको क्रिकेट समर्थक समाजले जनाएको छ ।
प्रशिक्षक जगत टमाटाले एनसिसिएसले उल्लेखनीय कार्य गरेको बताए । उनले दृष्टिविहीन क्रिकेट टोलीलाई शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहने बताए । कप्तान पारस खड्काले नेपाली क्रिकेट फ्यान कति उत्कृष्ट छ भन्ने कुरा एनसिएसएसले प्रमाणित गरेको बताए ।
एनसिएसएसका अध्यक्ष भानु सिग्देलले अभियान प्रोजेक्टकै रुपमा कार्य गर्दा यसले सफलता हात पारेको बताए । नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले एनसिएसएसले नेत्रहिन क्रिकेटलाई पुनर्जिवन दिएको बताए । पाकिस्तान र युएईका भएको प्रतियोगितामा नेपालले अष्ट्रेलियामाथि मात्रै जित हात पार्न सकेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]