7 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– धनगढीमा चैतमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करणमा शरद भेषावकर नखेल्ने सम्भावना बढेको छ । पहिलो संस्करणको उपविजेता टोली विराटनगर किङ्ग्सका कप्तान समेत रहेका शरदले व्यक्तिगत कारणले यसपटकको डिपिएल नखेल्ने स्म्भावना रहेको बताएका छन् ।
डिपिएल तोकिएको समय (मार्च) मा भयो भने म नेपाल नहुन सक्छु , बाबु बन्ने तयारीमा रहेका उनले भने ,म व्यक्तिगत कारणले अमेरिकामा हुन सक्छु । समय मिलेन भने यसपटक म नखेल्न सक्छु ।
डिपिएल २ सुरुमा जनवरी १९ मा हुने भनिएपनि राष्ट्रिय टोलीको व्यस्तताका कारण मार्च (३१) मा धकेलिएको हो । डिपिएलका लागि खेलाडीको अक्सन भने फेब्रुअरी ८ मा हुने बताइएइको छ । अघिल्लो सिजन पारस खड्काको नेतृत्वमा रहेको सिवाईसी अत्तरियाले फाइनलमा शरदको कप्तानीमा रहेको विराटनगरलाई हराएको थियो ।
शरद र चलचित्रकर्मी निशा अधिकारीको जोडी पहिलो सन्तानको पखाईमा छ । शरद र निशा असार १६ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । केहि साताअघि निशालेसामाजिक सञ्जाल फेसबुक मार्फत आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]