default_image

7 years ago

January 21, 2018

कहिले र कसरी हुँदैछ आईपीएल अक्सन?

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा यसपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने परेका छन्  ।नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् ।

भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर अक्सनमार्फत कुनै टोलीले खरिद गरेका खेलाडीले मात्र यसमा सहभागिता जनाउने मौका पाउँछन् । प्रत्यक टोलीले कम्तिमा १८ र बढीमा २७ खेलाडी अक्सनमार्फत किन्न पाउने प्रावधान रहेको छ । प्रत्यक टोलीमा अधिकतम ९ विदेशी खेलाडी राख्न पाइन्छ भने एक पटकमा ४ खेलाडीले मात्र खेल्न पाउँछन् ।

अक्सनमा सहभागी हुन आईपीएलले ५ सय ७८ खेलाडीको अन्तिम नामावाली सार्वजनिक गरेको छ । त्यसमा ३ सय ६० भारतीय तथा २ सय १८ विदेशी खेलाडी रहेका छन् । सबै टोलीलाई अक्सनमा खर्च गर्न ८० करोड भारु तोकिएको छ । केही टोलीले भने प्रतियोगिताको नियमअनुसार पुराना खेलाडी राख्ने प्रक्रिया (रिटेन्सन) को उपयोग गरेकाले केही सिमित बजेट खर्चिन पाउने छैनन् । सन्दिपको न्युनतम सुरुआती मूल्य २० लाख भारु राखिएको छ ।

अक्सन हुने मिति : २७ र २८ जनवरी २०१८

अक्सन हुने स्थान : रिट्ज कार्ल्टन, बेंग्लोर

अक्सन समय : बिहान ९ बजेदेखि

प्रत्यक्ष प्रसारण : स्टार स्पोर्ट्स र हटस्टार एप

 

सन्दिप लामिछाने

 

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.