default_image

7 years ago

January 21, 2018

खुकुरी च्यालेन्जर टि–ट्वान्टी क्रिकेट बुधबारदेखि

105 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको खुकुरी च्यालेन्जर टि–ट्वान्टी क्रिकेट प्रतियोगिता यही बुधबारदेख हुने भएको छ । आयोजक खुकुरी ईएनटीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १० गतेबाट फागुन ५ गतेसम्म हुने जानकारी गराएको हो ।

Khukuri cricket

मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा २५ दिन सम्म चल्ने प्रतियोगितामा २० टोलीको सहभागीता रहेको छ । सहभागी २० टोलीलाई चारवटा समुहमा बिभाजन गरिएको छ । हरेक समुहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । आयोजकका अनुसार प्रतियोगिताको समुह चरण र क्वाटर फाइनलका खेलहरु मुलपानी क्रिकेट मैदानमा र सेमिफाइनल र फाइनलका खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख नगद हात पार्नेछ । दोश्रो हुनेले एक लाख पाउने छ । प्रतियोगितामा म्यान अफ द सिरिज हुने खेलाडीले २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान नगद १० हजार पाउने छ । प्रतियोगिताको आयोजकका अध्यक्ष बिनायक बिक्रम थापाले राष्ट्रिय खेलाडीहरुले पनि खेल्ने प्रतियोगिताबाट नयाँ खेलाडीहरु जन्मिनेमा विश्वस्त रहेको बताए ।

प्रतियोगितामा सहभागी टिमहरु

समूह ‘ए’ – काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी), अल्टिमेड इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब र मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ –आइओई पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब र त्रिमुर्ति व्वाइज

समूह ‘सी’– ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए), आइओई थापाथली, नेपाल क्रिकेट स्कुल र त्रिभुवन आर्मी क्लब

समूह ‘डी’– टिकापुर क्रिकेट, रौतहट–११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट व्वाइज इन्टर र ड्रिक्ट्रिक्स क्रिकेट क्लब

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.