default_image

7 years ago

January 21, 2018

इङ्ल्याण्डलाई शृंखला, अष्ट्रेलिया लगातार तेस्रो खेलमा पराजित

88 views

0 Bookmark

सिड्नी (एजेन्सी) – अष्ट्रेलियालाई लगातार तेस्रो एक दिवसीय खेलमा पराजित गर्दै इङ्ल्याण्डले ५ खेलको शृंखला कब्जा गरेको छ । तेस्रो खेल इङ्ल्याण्डले १६ रनले जितेको हो । ३ सय ३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनायो ।

England

टस जितेर अष्ट्रेलियाले इङ्ल्याण्डलाई ब्याटिंग गर्ने निम्तो दिएपछि इङ्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २ रन बनायो । जोस बटलरले ८३ बलको मात्र सामना गर्दै १ सय रन बनाए । ४ छक्का र ६ चौका प्रहार गरेका उनी नट आउट रहे । कप्तान इओन मोर्गानले ४१ रन तथा जोनी बरिस्टोवले ३९ रनको योगदान दिए । अष्ट्रेलियाका जोश हेजलवुडले सर्वाधिक २ विकेट लिए ।

अष्ट्रेलियाका लागि पहिलो दुई खेलमा शतक प्रहार गरेका आरोन फिन्चले तेस्रो खेलमा पनि घरेलु टोलीलाई राम्रो सुरुआत दिलाउँदै ६२ रन बनाए । उनले ५३ बलमा बिष्फोटक ब्याटिंग गर्दै ३ छक्का र ३ चौका प्रहार गरे । मिसेल मार्स (६६ बलमा ५५ रन ) र मार्कस स्टोनिसले (४३ बलमा ५६ रन ) पनि अर्धशतक प्रहार गरे । अष्ट्रेलियालाई अन्तिम २ ओभरमा १५ रनको रेटमा ३० रन चाहिएपनि १३ रन मात्र बनाउँन सक्यो । इङ्ल्याण्डका मार्क वुड , क्रिस वोक्स र अडिल रासिदले समान २ विकेट लिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.