7 years ago
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दिप लामिछाने भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आइपिएल) को अक्सनमा परेका छन् । आइपिएलले सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूचीमा सन्दीप पनि परेका हुन् ।
जनवरी २७ र २८ मा हुने आईपिएल अक्सनमा ३ सय ६० भारतिय खेलाडी समावेश छन् । प्रारम्भिक १ हजार १ सय २२ खेलाडीको सूचीलाई घटाएर आइपिएलले तयार पारेको ४ सय ७८ खेलाडीमा सन्दिप पनि परेका हुन् ।
क्रिकइन्फोले जनाए अनुसार सन्दिप १ हजार १ सय २२ सूचीबाट फ्रेनचाइजले सिफारिस गरेको ९ खेलाडी मध्ये एक खेलाडी हुन् । यो आइपिएलको ११ औं सिजन हो जसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन्दिपलाई ८ मध्ये कुनै पनि टोलीले खरिद गरेमा उनले आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुने छन् । । उनको बेस प्राइस २० लाख भारतीय रुपैंया रहनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]