7 years ago
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवामा जारी द नेक्सट नवौँ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिीनी आई ईन्सटिच्युटले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा तिनाउ विकाश बैंकलाई २ विकेटले हराउँदै लुम्बिनी आईले चौथो पटक सो उपाधि हात पार्न सफल भएको हो । टस जितेर तिनाउ बैंकले लुम्बिनी आईलाई निर्धारित ५ ओभरमा ६० रन बनाएको थियो । तिनाउका लागि शंकर राणाले ३१ रन तथा अन्तिम थापाले १२ रनको योग्दान दिएका थिए । बलिङ तर्फ लुम्बिनीका कृष्ण यादवले २ विकेट लिएका थिए ।
जवाफमा लुम्बिनीले ६१ रनको लक्ष्य ४४ ओभरमै पुरा गर्न सफल रह्यो । लुम्बिनी आईले सेमिफाइनलमा मिलिजुली सहकारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लुम्बिनी आईले यसअघिका ३ संस्करण पनि जितेको थियो । फाइनल खेलमा ‘म्यान अफ द म्याच’ जित्दै लुम्बिनीका एकलाख अहमदले ३ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै ‘म्यान अफ द सिरिज’ भने तिनाउका शंकर राणा घोषित भए र उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा रुपन्देहीइका १२ कर्पोरेट हाउसको सहभागिता रहेको यस प्रतियोगिताका अन्य विजेता यस प्रकारका छन्:
उत्कृष्ट ब्याट्सम्यन – अन्तिम थापा (तिनाउ बैंक)
उत्कृष्ट बलर – मनिष पौडेल (मिलिजुली सहकारी)
उत्कृष्ट फिल्डर – एकलाख अहमद (लुम्बिनी)
उत्कृष्ट क्याच – शैलेस श्रीवास्तव (कालिका ईन्जिनियरींग)
बुद्धम अटोमार्ट बेस्ट सिक्स – एकलाख अहमद (लुम्बिनी)
अनुशाषित टिम – नबिल बैंक
उत्कृष्ट ड्रेस – एसबिआई बैंक
बेस्ट टिम सपोर्ट – मेघा बैंक
फस्ट रजिष्ट्रेशन – तिनाउ बैंक
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]