7 years ago
January 19, 2018
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो । उक्त कार्यक्रम मानक मिडियाका निर्देशक रमेश क्षितिजले सन्चालन गर्नु भएको थियो।
बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा दुबईको गैरआवासीय नेपाली समाज, पत्रकार महासंघ युएई शाखा, जनजाती महासंघ, नेपाली समाज, अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई र नेपाली मुस्लिम सोसाइटीले सम्मान गरेका थिए ।
विभिन्न संघका संस्थाले नेपाली टोलीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।नेपाली टोलीलाई एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भुपराज बत्स्याल, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसिएल क्लबका अध्यक्ष शालिकराम सुबेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, स्पोर्ट कोअरडिनेटर सकिल अलि, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुचका उपाध्क्ष राजेश प्रधान, नेपलिज् मुश्लिम समाजका सचिव नौमान सिद्दिकी, एभरेस्ट क्लबका उपाध्यक्ष मदन अधिकारी र क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले सम्मान गरेका थिए । सो अवसरमा विभिन्न संघ संस्था( भानूभक्त पौडेल, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुच, नेपलिज् मुश्लिम सोसाइटी, मदन अधिकारी, काठमांडौ प्यालेस रेष्टुरेन्ट, सिल्भर स्पून रेष्टुरेन्ट, न्यू बावरचि रेष्टुरेन्ट, हिमालयन रेष्टुरेन्ट, एन्जेल ब्यूटी पार्लस, फाइन एग्रोफड, तोयानाथ चौलागाइ, स्याङ्जा समाज, हरि प्रसाद चापागाइ, फिस्टेल ट्रावल्स, नारायण लम्शाल, बिर्घा सहयोग समाज, प्रकाश सूनार, एन आर एन ए यूएई, प्रमोद श्रेष्ठ, नेपाली सहयोगि हात,आइ एन ए एस, नरेश सेन, हीरालाल श्रेष्ठ, बिदुर न्यौपाने, कृष्ण प्रसाद भट्टराई, फर्सी ग्रुप, नेपाली समाज र व्यक्तिगत रुपमा संकलित १ लाख ४० हजार रुपैयाँ नगदद्वारा नेपाली टोलीलाई सम्मान गरिएको थियो ।
मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबका पुर्णभक्त लामा, रवी शाहि, मदन अधिकारी, सकिल अलि, समिम खान, पर्शुराम घिमिरेले नेत्रहीन क्रिकेटका अध्यक्ष पवन घिमिरेलाई नगद हस्तान्तरण गरे ।नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष घिमिरेले रोजगारका लागि विदेशी भुमीमा रहेका नेपालीहरुले आफ्नो देशप्रति खेलको माध्यमबाट देखाएको राष्ट्रप्रेम सह्रानिय रहेको बताए । पाकिस्तानमा र युएईमा संयुक्त रुपमा भएको नेत्रहीन विश्वकप क्रिकेटमा नेपाली टोलीले ४ खेलमा हार व्यहोर्दा अस्ट्रेलियामाथि ८ विकेटको रवाफिलो जित आत्मसात गरेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]