7 years ago
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन)ले त्रिबि क्रिकेट मैदान स्तरोन्नतिका लागि यसवर्ष २ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।
‘यो वर्ष नै त्रिवि मैदान स्तरोन्नततिका लागि २ करोड बजेट विनियोजन गरेका छौं । टियुमा बन्न लागेको बहुउद्देश्यीय कभर्ड हललाई १ अरब बजेट विनियोजन भएको छ ।’ नेपालमा पहिलोपटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री केसीले, ‘सबै प्रक्रिया अघि बढिसकेको छ । मुलपानी क्रिकेट मैदानमा प्याराफिट राख्ने काम पनि यसै आर्थिक वर्ष सकाउने लक्ष्यमा छौं ।’
यस्तै मन्त्री केसीले १३ औं सागलाई लक्षित गर्दै पूर्वाधार निर्माण प्रक्रिया तीब्र गतिमा अघि बढेको जानकारी गराए ।
माओवादीका नेता तथा सांसद, जनार्दन शर्माले खेलको अनुशासन राजनीति कर्मीले सिक्नुपर्ने जरुरी रहेको बताए । आयोजक मदन भण्डारी स्पोर्टस् एकेमेमीका अध्यक्ष बिनोद श्रेष्ठले खेल क्षेत्र राष्ट्रको कोहिनुर–खजाना भएको धारण ब्यक्त गरे ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]